सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको मौलापुरम भएको छैटौँ मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको छ । हालै सम्पन्न मधानी महोत्सवको समग्र समीक्षा, खर्च विवरण सार्वजनिक र अगामी योजनाहरूबारे छलफल भएको हो । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले महोत्सवको व्यवस्थापनमा ६६ लाख २३ हजार ३ सय रुपैयाँ खर्च भएको बताइन् ।
१० करोड भन्दा बढीको आर्थिक कारोबार भएको तथा नगरबासी व्यापारीहरूले दुई करोड भन्दा बढीको मुनाफा आर्जन गरेको प्रस्तुत विवरणमा उल्लेख छ । महोत्सव अवधिभर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको उनले जानकारी दिइन् । महा शिवरात्रीको अवसर पारेर फाल्गुन ११ गतेदेखि १५ गतेसम्म पाँच दिन मधानी महोत्सव भएको थियो ।
मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय रामबाबु साहले मधानी महोत्सवले मौलापुर नगरपालिकालाई चिनाउने काम गरेको बताए । मौलापुर नगरपालिका तथा पतौरा धामको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व थप उचाइमा पुगेको उनको भनाइ छ ।
आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा महोत्सवको खर्च सार्वजनिक गरिएको हो । सो कार्यक्रममा बोल्दै उनले मधानी महोत्सवले स्थानीय पर्यटन, धार्मिक पहिचान, सामाजिक एकता तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।
मौलापुरलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्ने सम्भावना अझ बलियो बनाएको उनको भनाइ छ । उनले महोत्सवको सम्बन्धमा समाजिक सञ्जालमा फिँजाइएका भ्रम र यथार्थ बारे तथ्याङ्कसहित विश्लेषणात्मक टिप्पणी गरेका थिए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा