सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । दुग्ध सङ्कलक तथा दुग्ध डेरीका सञ्चालकहरूका लागि मन्थलीमा मिल्क एनालाइजर सञ्चालन तथा मर्मत तालिम सुरु भएको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप डेरी उद्योग प्रालिका संचालक किशोर पौडेलको अध्यक्षतामा तालिम कार्यक्रमको उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा रामेछापका प्रथम दुग्ध सङ्कलक मुकुन्द कडरिया, मन्थली दुग्ध सहकारीका अध्यक्ष ध्रुव थापा, तालिमका प्रशिक्षक गोविन्द शर्मा तिमल्सिना, सहकारीकर्मीहरु प्रज्ञान खड्का, प्रमोद श्रेष्ठ लगायतको सहभागिता थियो ।
नेपाल डेरी एसोसिएसन वाग्मती प्रदेश समितिका सदस्य समेत रहेका चिरञ्जीवी डेरी उद्योगका संचालक एवम् तालिमका संयोजक भानुभक्त श्रेष्ठका अनुसार तालिमको लक्ष दूध व्यवसायलाई प्रविधिमैत्री बनाउने राखिएको छ । तालिममा दोलखा, रामेछाप र सिन्धुलीका गरी २० जनाको सहभागिता रहेको छ ।
५ दिनसम्म चल्ने तालिममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका गोविन्द शर्मा तिमल्सिनाले सहजीकरण गर्ने बताइएको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा