सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । बलिउड अभिनेता विजय वर्मा र अभिनेत्री तमन्ना भाटियाको ब्रेकअपको खबरले हालै मनोरञ्जन क्षेत्र तताएको छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुई कलाकार अलग भएको खबरले उनका प्रशंसकहरूलाई आश्चर्यचकित बनाएको छ।
News18 को रिपोर्ट अनुसार, तमन्ना भाटिया विवाह गर्न चाहन्थिन्, तर विजय वर्मा यसका लागि तयार थिएनन्। यसै कारणले गर्दा उनीहरूबीच मतभेद बढ्दै गयो र अन्ततः अलग हुने निर्णय गरे। तथापि, दुबै पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन।
स्रोतहरूका अनुसार, ब्रेकअप भए पनि तमन्ना र विजय असल साथीको रूपमा रहन चाहन्छन्। उनीहरू आफ्नो-आफ्नो करियरमा केन्द्रित हुन चाहन्छन् र पेशागत जीवनलाई अगाडि बढाउन कडा परिश्रम गरिरहेका छन्।
तमन्ना र विजयको प्रेम कहानी २०२२ बाट सुरु भएको थियो। उनीहरू नेटफ्लिक्सको ‘लस्ट स्टोरीज २’ मा सँगै देखिएका थिए, जुन २०२३ मा रिलिज भएको थियो। त्यसपछि उनीहरूको सम्बन्धबारे विभिन्न अडकलबाजीहरू चलिरहेका थिए। अन्ततः, तमन्नाले एक अन्तर्वार्तामा विजयसँगको प्रेम सम्बन्ध स्वीकार गरेकी थिइन्।
तर अब, यी दुईको ब्रेकअपले उनका फ्यानहरूलाई निराश बनाएको छ। तमन्ना र विजयले यसबारे औपचारिक प्रतिक्रिया नदिए पनि उनीहरू एक-अर्काको गोपनीयताको सम्मान गर्ने बताइन्छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा