सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वयुद्ध रोक्ने दाबी गर्दै ट्यारिफ युद्धको घोषणा गरेका छन्। ट्रम्पको नयाँ व्यापार नीतिअनुसार क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाइएको छ भने चीनबाट आयात हुने सामानमा २० प्रतिशत शुल्क लगाइएको छ।
ट्रम्पको निर्णयलाई क्यानडा र चीनले कडा चुनौती दिएका छन्। क्यानडाले अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ भने चीनले अमेरिकी सामानमा १० देखि १५ प्रतिशतसम्म कर लगाउने निर्णय गरेको छ। चीनले अझ कडा प्रतिक्रिया दिँदै भनेको छ, “यदि अमेरिका युद्ध चाहन्छ भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस्, वा अन्य कुनै रूपको युद्ध होस्, हामी अन्त्यसम्म लड्न तयार छौं।”
If the U.S. truly wants to solve the #fentanyl issue, then the right thing to do is to consult with China by treating each other as equals.
If war is what the U.S. wants, be it a tariff war, a trade war or any other type of war, we’re ready to fight till the end. https://t.co/crPhO02fFE
— Chinese Embassy in US (@ChineseEmbinUS) March 5, 2025
चीनले अमेरिकाले लगाएको आरोपको खण्डन गर्दै भनेको छ कि अमेरिका फेन्टानिल संकटको दोष चीनलाई दिन खोज्दैछ। चीनको आधिकारिक वक्तव्यमा उल्लेख छ, “हामीले अमेरिकी जनतालाई सहयोग गर्न ठोस कदम चालेका छौं, तर अमेरिकाले हामीलाई दोषारोपण मात्र गरिरहेको छ।”
चीनले थप भन्यो कि अब अमेरिका शुल्क बढाएर चीनमाथि दबाब सिर्जना गर्न खोज्दैछ, जुन अस्वीकार्य छ। सी जिनपिङ सरकारको चेतावनी छ, “धम्की र दबाबले हामीलाई कमजोर बनाउने छैन।”
ट्रम्पको ट्यारिफ युद्धले अन्तर्राष्ट्रिय व्यापारमा अस्थिरता ल्याउने विश्लेषकहरू बताउँछन्। अमेरिकी शुल्क वृद्धिले अन्य देशहरूलाई पनि जबरजस्ती कर लगाउन बाध्य पार्नेछ, जसले विश्वव्यापी आपूर्ति श्रृंखलामा असर पार्न सक्छ।
अब यो व्यापार युद्ध कसरी अगाडि बढ्छ र विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा