सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १८ गते राति उपत्यकाका विभिन्न स्थानबाट नियम विपरीत सञ्चालन भएका ४२ वटा ट्रिपर नियन्त्रणमा लिई कारबाही गरेको छ।
नियन्त्रणमा लिइएका ट्रिपरमध्ये २७ वटामा ढाला थप गरेर स्वरूप परिवर्तन गरिएको, १० वटा ओभरलोड बोकेको तथा ५ वटा आवश्यक कागजात विना सञ्चालनमा रहेको पाइएको छ।
प्रहरीका अनुसार, नियन्त्रणमा लिइएका ट्रिपरहरूको ढाला हटाई, ओभरलोड सन्तुलन मिलाइ आवश्यक कारबाही पश्चात मात्र फिर्ता गरिनेछ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा