सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। पियोर इनर्जी लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको हो।
कम्पनीले कुल जारी पूँजी ८० करोड रुपैयाँ रहेकोमा त्यसको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँबराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ। यस आईपीओमा बाँके जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
यसैगरी, कम्पनीले जारी पूँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ७ हजार २०० कित्तासम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन चैत ५ गतेदेखि छिटोमा बन्द हुनेछ भने ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सकिनेछ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा