सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड कर्पोरेट क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने “एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स” अन्तर्गत “वाणिज्य बैंक” विधामा सम्मानित भएको छ।
उक्त प्रतिष्ठित अवार्ड बैंकलाई नेपाली कर्पोरेट तथा सामाजिक क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदरस्वरूप प्रदान गरिएको हो। बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्रमुख सञ्चालन अधिकृत विकास आनन्दलाई प्रमुख निर्णायक प्रा. डा. फत्तबहादुर केसीले “शेयरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स” का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल सरकारका गृह मन्त्री माननीय रमेश लेखकको विशेष उपस्थिति रहेको थियो।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०८ शाखा, २३ एक्सटेन्सन काउन्टर, १४२ शाखारहित बैंकिङ सेवा केन्द्र, ५ प्रादेशिक कार्यालय, १८३ एटिएम र ३ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।
नेपाल एसबिआई बैंकले डिजिटल बैंकिङ, वित्तीय समावेशीकरण र नवीनतम बैंकिङ सेवा प्रवाहमा निरन्तर अग्रणी भूमिका खेल्दै आइरहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा