सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वालम्वी एवम् स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताएका छन् ।
सोमवार नेपाल विश्व सम्बन्ध परिषदको ७७ औँ बार्षिक सभामा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउन नेपाल विश्व सम्बन्ध परिषदको जिम्मेवारी बढेको भन्दै यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘नेपाललाई आत्मनिर्भर, स्वाभलम्बी एवम् स्वाधिन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी छ । यसमा सबैको योगदान अनिवार्य छ । यस सन्दर्भमा यस परिषदको जिम्मेवारी झनै बढ्दो छ ।’
उपराष्ट्रपति यादवले नेपाल स्तरोन्नती हुनेक्रममा रहेकाले विकास साझेदारीहरुबाट स्रोत साधन प्रविधिलगायत आर्थिक साझेदारीका लागि अपेक्षा गरिएको पनि बताए ।
यसका साथै, उनले भू–राजनीतिक अवस्था, असमानता, आर्थिक संकट र जलवायु परिवर्तनले ल्याएको संकटले विश्व शान्ति समृद्धिमा नयाँ चुनौति थपिएको बताए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा