सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छिन् । भण्डारीले देशको आर्थिक समृद्धि हासिल गर्ने कुरामा ओली दृढ रहेको भन्दै प्रशंसा गरेकी हुन् ।
सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन् ।
उनले भनिन, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो । त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु । ओली एक अब्बल र लोप्रिय राजनेता हुनुहुन्छ ।’
उनले ओली एक कुशल रणनीतिकार समेत भएको बताइन् ।
यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा ओलीलाई सबैभन्दा धेरै आलोचनाको पात्र बनाइएको भन्दै यसलाई हटाउन आवश्यक रहेको बताए ।
उनले भने,‘अहिले प्रहार किन भइरहेको छ, घेराबन्दी किन भइरहेको छ, यो सबैले विमर्श गर्नुपर्ने विषय हो । सामाजिक सञ्जालमा समाजमा सबैभन्दा धेरै आलोचनाको पात्र को हो भन्दा केपी ओली भन्ने जुन भाष्य निर्माण भएको छ यसलाई बद्ल्न सकेनौं भने हाम्रो राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन कठिन हुन्छ ।’
ओली मिजासिलो हुनुहुन्छ ः केकी अधिकारी
त्यस्तै नायिका केकी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली मिजासिलो र सकरात्मक सोच भएको ऊर्जाशील व्यक्ति भएको भन्दै प्रशंसा गरेकी थिइन् ।
उनले भनिन्,‘केही गुनासो र आग्रह जहिल्यै राख्ने गरेको छु । उहाँले मजाले ग्रहण गरिदिनुहन्छ । अहिले यहाँ मिजासिलो र सकरात्मक ऊर्जाशील देखिरहेको छु ।’
प्राप्त गरेको मञ्च र ख्यातिलाई देश र समाजको हितको लागि प्रयोग गर्नुपर्ने सुझाव ओलीले सधैँ दिने गरेको अधिकारीले बताइन् । ओलीको नेतृत्वमा देशले समृद्धि र सुख प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।
केपी ओलीको जीवन प्रेरणादायी छ ः प्रकाश सपुत
गायक एवं अभिनेता प्रकाश सपूतले सपना देख्न, प्रगति गर्न, संघर्ष गर्न पछि हट्नेका लागि केपी ओलीको जीवन प्रेरणादायी रहेको बताए ।
उनले भने,‘अरु कुराहरु छाडौं । उहाँको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका, कार्यकारी भएर देश चलाइरहनुभएको भूमिकालाई छाडेर व्यक्तिगत रुपमा उहाँलाई हेर्ने हो भनेपनि प्रेरणादायी लाग्छ । निराश भएर, गाउँमा जन्मिएको भनेर, बा–आमालाई गरिब देखाएर अथवा विभिन्न बहानामा सपना देख्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेहरूका लागि उहाँको जीवन प्रेरणादायी छ ।’
उनले ओलीको आत्मविश्वास,ऊर्जा र उमेरभन्दा बढी युवा सोच रहेको पनि बताए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा