सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको गरुडा नगरपालिकाले गरिब–विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पालिकाले सात जना भन्दा बढी गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेको हो ।
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी कलवारले सोमबार कार्य कक्षमा आर्थिक सहयोग रकम चेकमार्फत दिएका हुन् ।
पालिकामा रहेका अमर कुमार सहनी, अम्बिका कुमारी, रामऔतार ठाकुर, सर्वेश्वर नाथ पाण्डे, नथुनी राम, कौशलिया देवी, उनपती देवी लगायतलाई आर्थिक सहयोग प्रदान गरिएको नगर प्रमुख कलवारले जानकारी दिए ।
उनले २० देखि २५ हजार रुपैंयाँसम्मको चेक प्रदान गरेको बताए । यसअघि पनि विभिन्न स्थानका गरिब–विपन्न परिवारलाई आर्थिक सहित अन्न, लत्ताकपडालगायतको सहयोग नगर प्रमुख कलवारले गर्दै आएका छन ।
गरिबी हटाउन, विपन्न नागरिकलाई राहत दिन र समग्र नगरवासीको जीवनस्तर उकास्न गरुडा नगरपालिका प्रतिबद्ध रहेको जनाएको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा