सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छ। आइतबार बेलुकी हृदयाघात भएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो।
नर्भिक अस्पताल स्रोतका अनुसार शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उनी खतरामुक्त रहेका छन्। चिकित्सकहरूले उनलाई अझै तीन दिन अस्पतालको निगरानीमा राखिने बताएका छन्।
यसअघि पनि पारस शाहलाई तीन पटक हृदयाघात भइसकेको थियो। अहिले चिकित्सकहरूको टोलीले उनको स्वास्थ्यलाई नजिकबाट अनुगमन गरिरहेको छ।
शाहको स्वास्थ्यमा सुधार हुँदै गइरहेको जनाइएको छ। परिवार तथा समर्थकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा