सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । मदर टेरेसा पब्लिक स्कूलको आयोजनामा फागुन २४ गते जनकपुरधाममा ६ किलोमिटर खुला म्याराथन प्रतियोगिता हुने भएको छ ।
विद्यालयले आइतवार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर ‘पर्यावरण र महिला सुरक्षा’ विषयलाई केन्द्रित गरी प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । प्रतियोगितामा १६ वर्षदेखि माथिका सबै व्यक्ति सहभागी हुन पाउने विद्यालयका आयोजकहरूले जनाएका छन् ।
विद्यालयका निर्देशक अभिषेक कुमार चौधरीका अनुसार प्रथम हुनेलाई रु. २१,०००, द्वितीय हुनेलाई रु. १५,००० र तृतीय हुनेलाई रु. ११,००० नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।
विद्यालयका प्रधानाध्यापक डा. भरत जोशीका अनुसार पछिल्लो समय महिला हिंसा तथा वातावरणीय संकटबारे जनचेतना फैलाउने उद्देश्यले म्याराथनको आयोजना गरिएको हो।
प्रतियोगिताको मार्गः
म्याराथन भानु चोकबाट सुरु भई कदन चोक, मुरली चोक, जीरोमाइल, रामानन्द चोक, हस्पिटल रोड, जानकी चोक, जनक चोक, शिव चोक हुँदै पुनः भानु चोकमा समापन हुने विद्यालयका निर्देशक चौधरीले जानकारी दिए ।
विद्यालय तहबाट जनकपुरधाममा सम्भवतः पहिलो पटक म्याराथन प्रतियोगिता आयोजना हुन लागेको हो।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा