सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले स्वास्थ्य संस्था संचालन, स्वीकृती तथा नवीकरणको लागि आवेदन दर्ता गर्न आव्हान गरेको छ । नगरपालिकाले आइतबार चौथो पटक सूचना प्रकाशन गरि सो आव्हान गरेको हो ।
नगर क्षेत्र भित्र रहेका स्वास्थ सेवा संचालन गर्न जनस्वास्थ सेवा ऐन २०७५, जनस्वास्थ सेवा नियमावली २०७७, स्वास्थ संस्था संचालन मापदण्ड २०७७ तथा चन्द्रपुर नगरपालिका स्वास्थ ऐन २०७९ स्वबिकृत भई संचालनमा आएकाले सोही अनुसार दर्ता गर्ने नगरपालिकाले आव्हान गरेको सूचनामा भनिएको छ ।
चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीका अनुसार यहाका निजि , समुदायिक , गैरसरकारी वा सहकारी स्तरका स्वास्थ्य संस्थाहरुले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र स्वीकृती तथा नवीकरण गर्न भनिएको छ । यस अवधिमा तोकिएको कागजात सहित रितपुर्बक आवेदन दर्ता गर्न आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिवारीले जानकारी दिए ।
यस सूचनाको अवज्ञा वा अटेर गरि बसेमा प्रचलित कानुन बमोजिम अनुगमन गरि कारवाही गरिने उनले जानकारी दिए । स्थानीय सरकार ऐन २०७४ मन्त्री परिषदबाट स्वीकृत कार्य विस्तृतीकरण उल्लेखित स्थानीय तहमा सर्व सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने जिम्मेवारी रहेको चन्द्रपुर नगरपालिकाले जनाएको छ । हालै मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले चन्द्रनिगाहपुरका ११ वटा अस्पतालको अनुगमन गरि १० वटा बन्द गर्न निर्देशन दिएका थिए ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा