सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको समाचार बाहिरिएपछि पार्टीले आधिकारिक रूपमा स्पष्टीकरण दिएको छ।
रास्वपाका नेता तथा सांसद मनिष झा का अनुसार मोहन थापाले केही व्यक्तिगत कानुनी प्रक्रियाहरू समाधान नहुँदासम्म पार्टीको केन्द्रीय सदस्य पदबाट अलग रहने निर्णय लिएको उल्लेख गरेका छन्।
रास्वपाले एक विज्ञप्ति जारी गर्दै थापा अमेरिकी इमिग्रेशन हिरासत मा परेको जानकारी पाएको बताएको छ। नेता झाका अनुसार थापाले व्यक्तिगत कानुनी विषयहरू समाधान गर्नुपर्ने भएकाले केही समयका लागि जिम्मेवारीबाट अलग रहने निर्णय लिइसकेको थिए।
उनले भने, “मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तिगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागे सम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो।”
थापा रास्वपा सभापति रवि लामिछाने का निकट व्यक्ति मानिन्छन् भने उनलाई ढाका कुमार श्रेष्ठसँग पैसाको लेनदेन सम्बन्धी आरोप लागेको थियो।
तर, उनलाई अमेरिकामा के कारणले पक्राउ गरिएको हो भन्ने विषयमा कुनै आधिकारिक विवरण बाहिर आएको छैन। पार्टीका प्रवक्ताहरूले यस विषयमा थप जानकारी संकलन भइरहेको बताएका छन्।
थापाको गिरफ्तारीबारे थप विवरण आउन बाँकी रहेकाले, यस घटनाले नेपाली राजनीतिक वृत्तमा चासो बढाएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा