सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल वन प्राविधिक संघले नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमहरूको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेको दाबी गरेको छ ।
संघको स्वर्ण महोत्सवका अवसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हालसम्मको उपलब्धि र भावी योजना सुनाउनेक्रममा उक्त दाबी गरेको हो । संघका अध्यक्ष राकेश कर्णले बन क्षेत्रको विकासमा सरकारसँगको सहकार्यमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पैरवी र पक्षपोषण गरिरहेको बताए ।
उनले संघलाई आगामी दिनमा अझ शसक्त बनाउदै प्रभावकारी रूपमा कार्य गर्दै, दिगो वन व्यवस्थापन, सामुदायिक सहभागिता र वातावरण संरक्षणका क्षेत्रमा थप योगदान पुर्याउने प्रतिवद्धता पनि जनाए ।
प्रेस विज्ञप्ति
सबैलाई नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सव २०८१ को यस ऐतिहासिक अवसरमा यहाँहरुलाई हार्दिक स्वागत गर्दै, संघले हालसम्म खेलेको भूमिका र भविष्यका लागि बनाइएका योजनाबारे संक्षेपमा जानकारी गराउन सान्दर्भिक होला।
नेपाल वन प्राविधिक संघ २०३१ सालमा स्थापना भई नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमहरूको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। संघले वन क्षेत्रका प्राविधिकहरूको क्षमता विकास, सशक्तिकरण गर्दै, वन, वातावरण तथा जैविक विविधता संरक्षणको क्षेत्रमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पैरवी र पक्षपोषण गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
संघको योगदानका मुख्य क्षेत्रहरू ः
१. वैज्ञानिक वन व्यवस्थापनको प्रवद्र्धन
संघले नेपालको वन क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न विज्ञानमा आधारित वन व्यवस्थापन प्रणालीको अवधारणा, अभ्यास, र नीति निर्माणमा सक्रिय भूमिका खेलेको छ। हामीले सरकारी नीति निर्माण प्रक्रियामा महत्वपूर्ण परामर्श प्रदान गर्दै, सामुदायिक वन, साझेदारी वन, कबूलियती वन र व्यावसायिक वन व्यवस्थापनलाई प्रवद्र्धन गरिरहेका छौं।
२. सामुदायिक वन, साझेदारी वन तथा कबुलियति वन व्यवस्थापनमा अग्रणी भूमिका
नेपालमा सामुदायिक वन कार्यक्रम विश्वमै सफल मानिएको कार्यक्रमहरूमध्ये एक हो। संघले यस अवधारणाको विकास, कार्यान्वयन र निरन्तर सुधारमा स्थानीय समुदायहरूलाई संगठित गर्ने,
ृ१५ः२९, ३÷२÷२०२५े ल्बदष्लब ल्ल्द्यः आवश्यक प्राविधिक ज्ञान सिप उपलब्ध गराउने र सरकारसँग सहकार्य गर्दै नीतिगत सुधार गर्न सहयोग पुर्याएको छ।
३. वन तथा वातावरण तथा जैविक विविधता संरक्षण नीति निर्माणमा सहकार्य
संघले वन तथा वातावरण संरक्षणमा प्रभावकारी नीति निर्माणका लागि सरकार, नागरिक समाज, र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै आएको छ। संघका सदस्यहरू वन ऐन, वातावरणीय नीति, जलवायु परिवर्तन नीतिहरू, वनजन्य उत्पादकत्व सुधार कार्यक्रमहरू जस्ता विभिन्न महत्वपूर्ण नीति निर्माण प्रक्रियामा सक्रिय सहभागीता जनाउदै आएको छ ।
४. जलवायु परिवर्तनको सम्बोधन र दिगो विकासमा योगदान
जलवायु परिवर्तनले वन तथा प्राकृतिक स्रोतसाधनमा पार्ने असरलाई सम्बोधन गर्न संघले विभिन्न नवीन प्रविधि, दिगो व्यवस्थापन प्रणाली, कार्बन व्यापार प्रणाली र हरित विकास नीति प्रवद्र्धनमा योगदान पुर्याउँदै आएको छ।
५. वन प्राविधिकहरूको क्षमता विकास र सशक्तीकरण
वन क्षेत्रका प्राविधिकहरूलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै, संघले निरन्तर क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले संघका सदस्यहरूलाई व्यावसायिक तथा प्राविधिक दक्षता हासिल गर्न र नेपालका वन व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन प्रेरित गर्दै आएको छ।
भविष्यका योजनाहरू ः
विज्ञानमा आधारित वन सम्वर्धन प्रणाली पूर्ण कार्यान्वयन गर्न
नेपाल वन प्राविधिक परिषद् गठन (ल्भउब िँयचभकतभचक ऋयगलअष्)ि गर्न
वनजन्य उत्पादनहरूको दिगो व्यावसायिकरण
बन संरक्षणमा नवीनतम प्रविधि प्रयोग गर्दै डिजिटल मापन प्रणालीको विकास
जलवायु अनुकूल बन व्यवस्थापनका नीति तथा कार्यक्रम प्रवद्र्धन
वन क्षेत्रका प्राविधिकहरूको पेशागत सुरक्षाका लागि नीतिगत पैरवी
वनमा आधारित उद्यम विकासमा उत्प्रेरकको भूमिका निर्वाह गर्ने
हामीले विगत ५० वर्षमा हासिल गरेका उपलब्धिहरू नेपालका वन, वातावरण तथा जैविक विविधताको संरक्षणमा ऐतिहासिक योगदान हुन्। तर, यस यात्रामा अझै धेरै गर्न बाँकी छ। संघलाई आगामी दिनमा अझ शसक्त बनाउदै प्रभावकारी रूपमा कार्य गर्दै, दिगो वन व्यवस्थापन, सामुदायिक सहभागिता र वातावरण संरक्षणका क्षेत्रमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछ।
अन्त्यमा, म यहाँ उपस्थित पत्रकार तथा मिडियाकर्मी मित्रहरूलाई संघका उद्देश्य, नीति, र कार्यक्रमहरूको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरिदिनु हुनेछ भन्ने विश्वास लिदै यहाँहरूका सक्रिय सहभागिता र सकारात्मक सुझाव संघको आगामी यात्रालाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ ।
“वन बन्यजन्तु र जलाधार ः पेशागत ऐक्यबद्धता, समृद्धिको आधार !“
धन्यवाद।
राकेश कर्ण अध्यक्ष, नेपाल वन प्राविधिक संघ
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा