सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । माझी समुदायले मनाउने कोशी (लदी) पूजाको अवसरमा चन्द्रपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष फागुन तेस्रो मंगलबार माझी समुदायले यो पर्व मनाउने गर्दछन ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले नगर प्रमुख स्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् । नगरपालिकाले एक सूचना जारी गर्दै मिति २०८१÷११÷२० गतेका दिन सार्वजनिक बिदा दिइएको सूचनामा भनिएको छ । उक्त दिन चन्द्रपुर नगरपालिका मातहातका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिएको नगर प्रमुख काफ्लेले बताए ।
उनका अनुसार बिदामा वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा संघ संस्थाहरू बन्द रहने छन् । तर सो दिन नगर स्तरीय एसइइको पूर्वतयारी परीक्षा निर्धारित समयमा हुनेगरि सार्वजनिक बिदा दिइएको उनले जानकारी दिए ।
चन्द्रपुरमा रहेका माझी समुदायले पनि कोशी (लदी) पूजा खोला तथा नदी किनारमा मनाउने गर्दछन । विशेषगरि सिमरी खोला तथा नदी किनारमा यो पर्व मनाउने गरिएको समुदायका अगुवा नेता काजीमान माझीले बताए ।
उनका अनुसार माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । उनका अनसार लदी पूजाका लागि प्रत्येक घरबाट रकम र चामल संकलन गरी चामललाई महिला माझीहरूले जाँड(मुन) बनाउने गर्दछन् ।
लदी पूजाका दिन सामुहिक रुपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पूजा गरिन्छ । बज्रको पुजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन् । पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डालगायतका फुल अक्षताको प्रयोग हुन्छ ।
लदी पूजाको समयमा बोलचाल नभएका छरछिमेक दाजुभाइबीच पनि अनिवार्य रूपमा बोलचाल गर्नुपर्ने हुन्छ । यस कारण यसलाई मेलमिलापको पर्वको रूपमा पनि माझी समुदायले लिने गरेका छन् ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा