सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आज (आइतबार) देखि थप सार्वजनिक निष्कासन (एफपिओ) बिक्री खुला गरेको छ।
लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्कासन गरेको हो।
लगानीकर्ताले उक्त एफपिओमा फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि उक्त अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि चैत ३ गतेसम्म लम्बिनेछ।
एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
यस एफपिओमा आवेदन दिनका लागि लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूमार्फत आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको मेरो सेयर पोर्टलबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतप्राप्त वित्तीय संस्था हो। यस संस्थाले ग्रामीण क्षेत्रमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ।
कम्पनीलाई इक्रा नेपालले ‘इक्रएनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
यस एफपिओमा आवेदन दिनका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
स्वरोजगार लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतप्राप्त वित्तीय संस्था हो। यस संस्थाले ग्रामीण क्षेत्रमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा