सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आइतबार भएको ला लिगामा रियल म्याड्रिड स्तब्ध भएको छ । रियल बेटिसले रियललाई २–१ ले हराएको हो । इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे ।
खेलको १० औं मिनेटमा रियलले अग्रता लियो । किलियन एम्बाप्पेले फर्लान्ड मेंडीलाई पास दिए र उनले ब्राहिम डियाजलाई खाली पोस्टमा सजिलै गोल गर्न अवसर मिलाइदिए।
रियलले अग्रता दोब्बर गर्ने केही अवसर पायो । सफल भएन । तर ३४औं मिनेटमा इस्कोको कर्नरबाट जोनी कार्डोसोले हेडरमार्फत बराबरी गोल गरे ।
बेटिसका कप्तान इस्कोले ५४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । उक्त पेनाल्टी एन्तोनियो रुडिगरले बक्सभित्र जिसस रोड्रिगेजलाई फाउल गरेपछि बेटिसले पेनाल्टी पायो ।
यो सिजन ला लिगामा समान ५४ अंक जोडेको बार्सिलोना दोस्रो र रियल तेस्रो स्थानमा छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा