सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको गौरमा शुक्रबारदेखि मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्ला क्रिकेट संघको आयोजना र गौर नगरपालिकाको विशेष पहलमा प्रतियोगिता गौर राइस मिलको क्रिकेट मैदानमा भइरहेको हो ।
उक्त प्रतियोगिता ‘मेयर कप २०८१’ को एक समारोहका बिच गौर नगरपालिका नगर प्रमुख शम्भु साहले उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासका लागि नगरपालिका निरन्तर सहयोगी रहने प्रतिबद्धता जनाए ।
उनले खेलाडीहरूका लागि आवश्यक पूर्वाधार विकास तथा सहयोग उपलब्ध गराउने योजना रहेको बताए । युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरका रुपमा यो प्रतियोगितालाई लिन सकिने उनको भनाइ छ । प्रतियोगितामा गौर नगरका नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिताले खेलप्रेमीहरूमा उत्साह थपेको छ भने खेल हेर्नका लागि स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिन्छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा