सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । सिन्धुपाल्चोक केन्द्रविन्दु भई आज बिहान गएको भुकम्पबाट चार जिल्ला प्रभावित भएको छ ।
सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौं, सखुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यलयले जारी गरेको बिवरण अनुसार एक पूर्ण रुपमा र तीन आंशिक रुप घरमा क्षति पुगेको हो ।
एक आंशिक गोठ र प्रहरी कार्यलयमा क्षति पुगेको बिवरण उल्लेख छ । प्रहरीका अनुसार बिस्थापित परिवारको संख्या ३, सामान्य घाइते ६ र घटना संख्या १३ रहेको प्रहरी बिवरणमा छ । यो बिवरण दिउँसो ३ बजे सम्मको भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ भैरवकुण्ड केन्द्रविन्दु भएर बिहान २ ः ५१ मा ६ दशमलव १ म्याग्निच्युड स्केलको भूकम्प आएको थियो ।
सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय कोदारीको भवनमा सामान्य क्षति भएको छ । भोटेकोशी गाउँपालिकाको विभिन्न ठाउँमा सुख्खा पहिरो गएको प्रहरीले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा