सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै वितरण हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
वीरगञ्ज–२५ मा अवस्थित सुख्खा बन्दरगाहको निरीक्षण भ्रमण तथा जनताको गुनासो बुझ्न अतिक्रमित गाउँ पुग्नुभएका मन्त्री गुप्ताले जग्गाधनीहरूले लामो समयसम्म पनि मुआब्जा पाउन नसक्नु चिन्ताको विषय भएको बताउनुभएको हो । अतिक्रमित गाउँ पुग्नुभएका मन्त्री गुप्तालाई त्यहाँका स्थानीयहरूले फूलमाला र खादाले भव्य स्वागत गर्दै सरकारका जिम्मेवार निकायहरूमा आफूहरूको गुनासो सुनाइदिन आग्र गर्नुभयो ।
मुआब्जा पीडित सङ्घर्ष समितिका बिजय कुमार तिवारीले वर्षौँदेखि जग्गा अधिग्रहण गरेर सरकारले पीडितलाई मुआब्जा नदिँदा स्थानियवासी मर्कामा परेको सुनाउनुभयो । यो समस्यालाई तत्काल सम्बोधनका लागि संसदमा समेत विषय उठान गरिदिन उहाँले मन्त्री गुप्तालाई आग्रह गर्नुभयो ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बाँकी रहेको मुआब्जासम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिनुहुँदै अब जग्गाधनीहरूले छिट्टै मुआब्जा पाउने विश्वास व्यक्त गर्नुभयो । सरकारले सुख्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज–२५ को करिब ३०० घरधुरी भएको ६२ बिघा जग्गा सात वर्ष अगाडिदेखि रोक्का गरेर राखेको छ ।
कार्यक्रममा मुआब्जा पीडित सङ्घर्ष समितिका अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्बेदी, वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुली, सञ्जय पटेल, भैयाराम प्रसाद, रामानन्द पटेल, शिव पटेललगायतको सहभागिता थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा