सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३८ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमित, अभिकर्ता, कर्मचारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह, तारकेश्वरलाई आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो। त्यहाँ रहेका बालबालिकाहरूलाई खाना खुवाउनुका साथै रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। साथै, कम्पनीका विभिन्न प्रदेश तथा शाखा कार्यालयहरूले वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रममा पनि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गरेका थिए।
कर्मचारीहरूको शारीरिक तथा मानसिक सक्षमता बढाउने उद्देश्यले कम्पनीले अन्तर-कर्मचारी खेलकुद प्रतियोगिता आयोजना गर्यो, जसमा पुरुष तर्फ क्रिकेट, पुरुष तथा महिला तर्फ फुटसल, ब्याडमिन्टन तथा बुद्धिचाल जस्ता खेल समावेश गरिएका थिए।
समापन समारोह बुढानिलकण्ठस्थित होटल लेमन ट्रीमा मनोरञ्जनात्मक प्रस्तुती सहित सम्पन्न भएको थियो। उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले नृत्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै खेलकुद प्रतियोगिताका विजेताहरूलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो। रक्तदान कार्यक्रममा सहभागी भएका कर्मचारीहरूलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा