सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुगु । मुगुको उत्तर–पूर्वका मुगमकामारोङ्ख गाँउपालिकामाको माग्री गाँउमा रहेका स्थानीयले घर–घरमा निःशुल्क आयुर्वेद औषधी पाउन थालेका छन् ।
फागुन महिनाको चिसो समयमा यहाँका नागरिकहरुको हातखुट्टा, शरीरका बिभिन्न अंगहरु दुख्ने, पेटमा समस्या भएको हुनाले जिल्ला आयुर्वेत स्वास्थ्य केन्द्र मुगुले फाल्गुन १३ र १४ गर्ने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको हुदा निशुल्क स्वास्थ्य शिबिरमा चेकजाच गराएर औषधी समेत निशुल्कमा आएपछि हिजोआज माग्री गाँउको घरघरमा आयुर्वेद औषधीको प्रयोग बढेको छ ।
जिल्लाको सबैभन्दा बढी बिभिन्न जातका जडिबुटी पाईने पालिकाबासी बिरामी पर्दा झारफुक र जडिबुटीका औषधीहरु प्रयोग गर्ने गरेका छन् ।
अन्य औषधी प्रयोग गर्दा आर्थिक समस्या हुने, साइट इफिक्ट हुने, घरगाउँमै पाइने घरेलु औषधि प्रयोग गर्ने गरेकाले जनचेतनाका कार्यक्रम अघि सार्न स्थानीयले माग समेत गरेका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क स्वास्थ्य शिबिर घर आँगनमै राखेर औषधि वितरण गरेपछि माग्रीबासी खुसी भएको छिरिङ्ख छुजुम लामाले बताइन् ।
देशका अन्य स्थानीय तहमध्ये मुगमकामारोङ्ख जडिबुटीको भण्डार भएको स्थानीय तह भएकाले शिविर संचालनले राहत मिलेको हो ।
जिल्ला आयुर्वेद केन्द्रले जिल्लामा धेरै प्रकारका औषधीहरु तयार गरेको र आगामी दिनमा पालिकासंग सहकार्य गरेर औषधी निर्माणमा ध्यान दिन माग समेत गरेका छन् । । बजेट बिनियोजन गरी काम गर्न तयार रहेको पनि मुगमकामारोङ्ख गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत सभाष चन्द्र रावतले बताए ।
सरकारले फागुन महिनामा नसर्ने रोग सम्बन्धि बिभिन्न कार्यक्रम सन्चालन गरेको छ । सोही अनुसार मुगुको माग्री गाँउमा नसर्ने रोग सम्बन्धि जनचेतना गर्ने, औषधी उपचार गर्ने काम समेत गरेको छ ।
दुई दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिबिरमा ६ सय ३१ जनालाई औषधी उपचार गर्नुका साथैं ३५ प्रकारको भन्दा बढी औषधी बितरण गरिएको छ । शिविरमा वाथरोग, हाडजोर्नी, ग्याष्टिक, जुका, पायल्स, शरीर चिलाउने, आँखाका बिरामीहरु बढी फेला परेको आयुर्वेद स्वास्थ्य कार्यालय मुगुका प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा