सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । गरिमा विकास बैंक लिमिटेडले प्रतिष्ठित ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ (HRM Awards for Corporate Excellence 2024) बाट सम्मान प्राप्त गरेको छ। कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा गरिमा विकास बैंकलाई ‘Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company’ विधामा सम्मानित गरिएको हो।
उक्त अवार्ड समारोह फागुन १३ गते मंगलबार ललितपुरस्थित द प्लाजामा आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गृहमन्त्री रमेश लेखक उपस्थित हुनुहुन्थ्यो। साथै, अवार्ड जुरी मेम्बरहरूमा प्रो. डा. फत्त बहादुर के.सी. (जुरी चिफ), सशिन जोशी (फोनपे पेमेन्ट सोलुसन प्रा.लि.का अध्यक्ष तथा पूर्व वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत), सरिता अधिकारी (पूर्व निर्देशक, नेपाल राष्ट्र बैंक) र वरिष्ठ पत्रकार दिल भुषण पाठक रहनुभएको थियो।
यस सम्मानले गरिमा विकास बैंकलाई आफ्ना ग्राहकहरूलाई अझ सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिलेको छ। बैंकले आगामी दिनहरूमा थप नवीनतम तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गर्दै आफ्नो सक्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
बैंकले यस अवसरमा आफ्ना ग्राहकहरू, शेयरधनीहरू, सरोकारवालाहरू, नियमनकारी निकायहरू तथा शुभचिन्तकहरूलाई निरन्तर साथ, सहयोग र माया प्रदान गरिरहनुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम मार्फत डिजिटल बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ। डिजिटल बैंकिङ प्रविधिको उच्चतम प्रयोग गर्दै बैंकले आफ्नो सेवा प्रवाहलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा