सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । महाशिवरात्रिको अवसरमा स्याङ्जाको भीरकोट नगरपालिका–४ मा अवस्थित छाङ्छाङ्दी मन्दिरमा विशेष मेला लागेको छ ।
धार्मिक ग्रन्थअनुसार छाङ्छाङ्दी मन्दिरलाई अत्यन्तै पवित्र स्थल मानिन्छ। महाशिवरात्रिको अवसरमा यहाँ ठूलो संख्यामा भक्तजनहरू भेला हुने भएकाले व्यवस्थापन समितिले सुरक्षा तथा आवश्यक सुविधाहरूको उचित व्यवस्था मिलाएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार भक्तजनहरूलाई सहज दर्शन गराउने उद्देश्यले लाइन व्यवस्थापन गरिएको छ भने, विशेष गरी वृद्धवृद्धा, अपांग, साना बालबालिका सहितका भक्तजनलाई विशेष व्यवस्थापन गरिएको छ ।
अन्य श्रद्धालुहरूका लागि भने फास्टट्र्याकबाट दर्शन सुविधाका लागि रु २०० शुल्क निर्धारण गरिएको उनले जानकारी दिए ।महाशिवरात्रि पर्वलाई लक्षित गरी मन्दिर व्यवस्थापन समितिले सरसफाइ, रंगरोगन तथा अन्य व्यवस्थापन कार्य बनाएको थियोे । यस्तै स्याङ्जाको अन्य शिवालय पनि भक्तजनको भिड लागेको थियो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा