सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १३ फागुन । साताको तेस्रो कारोबारको दिन पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ७ दशमलव १३ अङ्कले बढेर २ हजार ७६५ दशमलव ८८ विन्दुमा पुगेको छ ।
यसदिन ३१२ वटा कम्पनीका १ करोड ७८ लाख कित्ता शेयर ९ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको १ अर्ब २ करोडको शेयर किनबेच भयो ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।
यसदिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा