सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ फागुन । साताको दोस्रो दिन पनि शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार ३ दशमलव ३५ अङ्कले बढेर २ हजार ७५८ दशमलव ७५ विन्दुमा पुगेको छ ।
यसदिन ३१० वटा कम्पनीका २ करोड ११ लाख कित्ता शेयर ११ अर्ब ८ करोड रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ८९ करोड ३५ लाखको शेयर किनबेच भयो ।
आज बैंक, लगानी, उत्पादन र अन्य समूहको शेयर बढेको छ । अन्य समूहको शेयर साढे २ प्रतिशतले उकालो लागेको छ ।
यसदिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा