सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतवार सम्पन्न भएको छ ।
महोत्सवको समापन समारोहमा बोल्दै संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले पछिल्लो पुस्ताका मानिसहरु निराशाको व्यापार गर्न थालेको बताएका छन् ।
उनले नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले सबैलाई उत्प्रेरणा दिएको भन्दै उनले चलचित्रहरुले नेपालको सन्दर्भमा सकरात्मक सन्देश दिनुपर्ने पनि बताए ।
उनले भने,‘चलचित्र ससंक्त माध्यम हो । यसको फेस्टिबलले हामीलाई उत्प्रेरणा दिन्छ । पुरस्कार सम्मानले उत्प्रेरणा दिन्छ । यसले खुसी दिन्छ जसले सिर्जनशीलता थप्छ । सिर्जनशीलताले सकरात्मक परिणाम दिन थाल्छ त्यसैले यो दिशामा अभिमुख हुनुपर्छ । हामीले लेख्ने कविता, कथा, हामीले प्रस्तुत गर्ने चलचित्रहरुले नेपालको सन्दर्भमा सकरात्मक सन्देश दिनुपर्छ । हामी पाको पुस्ताका मानिसहरु निराशाको व्यवपार गर्न थालेको छौ । यो देश बन्दै बन्दैन । केही गर्नै सकिदैन ।’
उनले नेपाली चलचित्रले आर्थिक चलयमान गराउने भन्दै यसले अर्थतन्त्र बलियो बनाउने पनि बताए ।
उक्त चलचित्र महोत्सवमा सामाजिक विषयमा आधारित विभिन्न ११ वटा चलचित्र प्रदर्शन गरिएका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा