सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदालाई न्याय देउ भन्दै जनकपुरधाममा सडक अवरोध गरि धर्ना दिइएको छ ।
आइतबार जनकपुरधामस्थित जनक चोकमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित महिला संघ, धनुषाले बाटो अवरोध गरि धर्ना दिएका छन् ।
उनीहरुले दलितमाथी बारम्बार ज्यादती भइरहँदा पनि सरकार मौन बसेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
धर्नामा बसेकाहरुले मधेश प्रदेशका मुख्यमन्त्रीले रिंकु सदाको विषयमा कुनै चासो नदेखाए भन्दै आक्रोस व्यक्त गरेका छन् । अनुगमनको नाममा जिल्ला जिल्ला पुग्ने मुख्यमन्त्री सिंहलाई एउटा तल्लो जातको दलित समुदायको घर पुग्न अप्ठयारो लागेको हो की भनेर उनीहरुले प्रश्न गरेका छन् ।
उनीहरुले मानव अधिकार आयोग, महिला अधिकार आयोग र मधेशी आयोगले अहिलेसम्म कुनै चासो नराखेको भन्दै आक्रोस जाहेर गरेका छन् ।
उनीहरुले रिंकु सदालाई बलात्कार गर्ने तीनै जना र यस घटनाको मिलापत्र गर्न बसेका पञ्चलगायत सम्पूर्ण अपराधीलाई कडा भन्दा कडा सजाय नदिए विरोध गरिरह्ने चेतावनी दिएका छन् ।
धर्ना पश्चात उनीहरुले जनकपुरधाममा सरकारविरोधी नारा लगाउँदै विभिन्न चोकमा जुलुस निकालेका थिए ।
रिंकुकुमारी गएको माघ ३० गते बेलुका ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसअघि उनले गाउँके तीन जना केटाले आफूलाई बलात्कार गरेको जानकारी दिएपछि गाउँमै पञ्चात बसी तीनै जना केटासंग १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णय भएको थियो । सो निर्णय रिंकु र उनको परिवारलाई मन परेको थिएन ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा