सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ फागुन । साताको पहिलो कारोबारको दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतबार ११ दशमलव ६६ अङ्कले बढेर २ हजार ७५५ दशमलव ४० विन्दुमा पुगेको छ ।
यसदिन ३२८ वटा कम्पनीका २ करोड १२ लाख कित्ता शेयर ११ अर्ब ५४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको ९५ करोड ६४ लाखको शेयर किनबेच भयो ।
आज बैंक, लगानी, बीमा, उत्पादन, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज अन्य समूहको शेयर ३ दशमलव ७२, उत्पादन समूहको शेयर २ दशमलव ७८ प्रतिशतले उकालो लागेको छ ।
आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रिलायन्स फाइनान्स कम्पनीको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा