सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरा क्षेत्र अशान्त भएको र एक प्रकारले रणमैदानमा परिणत भएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद लिङ्देनले उनले पाथीभरा केवलकारको विषयलाई राज्यले किन अनदेखा गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र मानवअधिकार आयोगसमक्ष प्रश्न गरेका हुन् ।
उनले भने, ‘आज पूर्व पाथीभरा अर्थात मुकुमलुङ क्षेत्र अशान्त भइरहेको छ । एक प्रकारले रण मैदानमा परिणत भइरहेको छ । प्रधानमन्त्रीले , गृहमन्त्रीले त्यो भिडियो हेर्नु भएको छ कि छैन ? त्यो समाचार सुन्नु भएको छ की छैन ? राजनीतिक दलहरुले पनि त्यो विषय किन अनदेखा गरेको । मानवअधिकार आयोगले कि अनदेखा गरेको यो मेरो प्रश्न हो । आज एउटा व्यापारिक स्वार्थको लागि किन भाइभाई लडाउने काम भरहेको छ, किन मन्त्रीस्तरको वार्ता गर्न सरकार तयार छैन, मान्छे मरेपछि मात्रै वार्ता गर्ने हो र ? सरकार जसले लामो समयदेखि योजनावद्ध ढंगले पाथीभरा क्षेत्रलाई व्यापारीको हातमा दिनको लागि योजनावद्ध रुपमा काम गरिरहेको छ भन्ने कुरा मानिसलाई थाहा छ । अहिलेको प्रधानमन्त्रीको नेतृत्वमै सरकार भएको बेला कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथीभरालाई अलग गरियो, लगत्तै व्यापारीलाई केवलकार बनाउन दिने निर्णय गरियो । तर, जनताले विरोध गरिरहेको अवस्था छ । सरकारले सारा शक्ति लगाएर निर्माण गर्न खोजिरहेको छ । त्यो काम अविलम्ब गर्नुपर्छ ।’
उनले गणतन्त्र लुटतन्त्रमा परीणत भयो भने आफूहरुले निरन्तर रुपमा विरोध गरिरहने उदघोष गरे ।
उनले भने,‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ । गणतन्त्रको विरोध गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्नेजस्तो जुन यहाँ कुरा राखियो । गणतन्त्र लडेर ल्याएको होस् अथवा विदेशीको बुई चढेर ल्याएको होस्, त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिराख्छौं ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा