सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्पेनिस ला लिगाको शनिबार भएको खेलमा बार्सिलोनाले लास पल्मासलाई २–० ले हराएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औँ मिनेटमा डानी अल्मोको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा फेरान टोरेसले थप अर्को गोल गरेका हुन् ।
शनिबार भएको अर्को खेलमा जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–० ले हराएको छ भने भिल्लारियलले रायो भन्कानोलाई १–० ले हरायो। गएराति नै भएको अर्को खेलमा इस्पानियोलले डेपोर्टिभो अल्भासमाथि १–० को जित निकालेको छ ।
स्पेनिस लिगको तालिकामा बार्सिलोना ५४ अंकसहित शीर्ष स्थानमा छ । यसैगरी एट्लेटिको म्याड्रिडको ५३ अङ्क छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा