सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले कर्णालीलाई वेवास्ता गरेको बताएका छन् ।
बालुवाटारमा शनिवार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान समारोह कार्यक्रममा बोल्दै उनले राज्यले कर्णालीलाई जति महत्व दिनुपर्ने थियो त्यो हिसाबले नदिएको बताए ।
उनले भने, ‘राज्यले कर्णालीलाई हेरिरहेको छैन । राज्यले जसरी हेर्नुपर्ने त्यसरी हेरेको छैन । त्यहा हाइड्रो पावरको त्यस्तै राम्रो छ । होमस्टे, जडिबुटिको लागि उतिकै राम्रो छ । तर जडिबुटि त्यहाबाट ल्याएर इन्डिया, चाइना पठाएर मात्र हुदैन । त्यहा प्रशोधन गर्न राज्य लाग्नुपर्या{ । यार्सागुम्बा प्रशोधन गर्न सक्छौ । कर्णालीमा धेरै छ ।’
उनले नेपाली काङ्ग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताए ।
‘नेपाली काङ्ग्रेस तपाईहरु प्रजातन्त्र सेनानीहरुदले बचाउनु भएको हो । तपाईहरु नै हो अब नेपाली काङ्ग्रेसको खम्बा, नेपाली काङ्ग्रेस कमजोर हुँदैछ । अत्यन्त अप्ठ्यारो परिस्थीतिमा नेपाली काङ्ग्रेस छ । नेपाली काङ्ग्रेसलाई तपाईहरुले फेरी एकपटक बचाउनुपर्ने छ’ उनले भने
उनले प्रजातन्त्र सेनानीका प्रतिनिधिहरुलाई महाधिवेशन र राज्यको प्रतिनिधित्व गर्ने ठाँउमा ल्याउन सहयोग गर्ने पनि बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा