सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा, व्यावहारिक तालिम तथा रोजगारीका अवसरहरू प्रदान गर्ने लक्ष्यसहित ओ.पी. जिंदल विश्वविद्यालय (OPJU) र लिंक वेभ ग्लोबल स्टडीबीच समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।
सम्झौता हस्ताक्षर समारोहमा ओ.पी. जिंदल विश्वविद्यालयका उपकुलपति डा. आर.डी. पाटीदारले विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको उच्चतम हेरचाह गर्ने र आफ्नै उद्योगहरूमा रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले OPJU ले उद्योगसँगको साझेदारी बलियो बनाउँदै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिरहेको बताउनुभयो।
लिंक वेभ ग्लोबल स्टडीका कार्यक्रम निर्देशक कपुर थापाले OPJU लाई नेपालमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, “लिंक वेभ OPJU को नेपाल बजारमा उपस्थिति मजबुत बनाउनेछ। दुबै संस्थाले सहकार्य गर्दै नेपाली विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक तथा औद्योगिक अवसरहरू उपलब्ध गराउनेछन्।”
ओ.पी. जिंदल विश्वविद्यालय इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा प्रविधि जस्ता लोकप्रिय पाठ्यक्रमहरूका लागि प्रख्यात छ। विश्वविद्यालयको आफ्नै उद्योगहरूसँग प्रत्यक्ष सम्बन्ध रहेकोले विद्यार्थीहरूले अध्ययनकै क्रममा व्यावहारिक तालिम र रोजगारीका अवसरहरू पाउनेछन्।
यस समझदारीले नेपाली विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा, सीप विकास र रोजगारीका अवसरहरूमा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा