सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आगामी सेप्टेम्बर २५ देखि २८ सम्म स्पेनमा आयोजना हुने तेस्रो वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालले पनि सहभागिता जनाउँदैछ ।
त्यसका लागि नेपाल एडभेन्चर रनिङ फेडेरेसनले नेपाली खेलाडी छनोट कार्यक्रम सञ्चालन गर्ने भएको छ । फेडेरेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलाडीले वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन खेलाडी छनोट गरिने जानकारी दिएको हो ।
फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले च्याम्पियनसिपमा नेपालबाट ४ महिला र ४ पुरुष गरी ८ खेलाडी र २ अफिसियलसहित १० जनाको टिम सहभागी गराउने तयारी गरिरहेको बताए ।
वल्र्ड एथ्लेटिक्स, वल्र्ड माउन्टेन रनिङ एसोसिएसन, इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन (आईटिआरए), आईएयु र स्पेनिस ट्रेल संघले संयुक्त रुपमा उक्त च्याम्पियनसिप आयोजना गर्नेछ ।
फेडेरेसनका अन्तर्राष्ट्रिय मामिला संयोजक प्रीति खत्रीले इच्छुक खेलाडीहरुले सुरुमा आफ्नो नाम दर्ता गर्न सक्ने र त्यसपछि खेलाडीहरुको छनोट प्रक्रिया अघि बढाइने बताइन् । एक महिनापछि अप्रिलमा खेलाडीहरु छनोट गरिने उनले जानकारी दिइन् ।
खेलाडी छनोटपछि उनीहरुलाई आफ्नो स्पोनसर आफैँ खोज्नका लागि फेडेरेसनले सम्झौता गर्ने पनि उनले बताइन् । तर त्यतिबेलासम्म खेलाडीहरुको लागि फेडेरेसनले प्रायोजकहरु खोज्न प्रयास गर्ने कुँवरले बताए । उनले यो फेडेरेसन नयाँ संघ भएकोले विस्तारै सहयोगीहरु खोज्दै जाने बताए ।
नेपालका शीर्ष वरीयताका पुरुष खेलाडी सुमन कुलुङलाई अष्ट्रियास्थित डा. सिग्रिड फाउण्डेसनले प्रायोजन गर्नेछ । सुमनले यसअघि नै आफ्नो प्रायोजक पाइसेकोले उनको सहभागिता लगभग पक्का भइसकेको छ । यस्तै नेपालबाहिर ट्रेल रनिङहरुमा प्रतिस्पर्धा गरिरहेकी सुनमाया बुढालाई पनि कैलाश फुगाले स्पोनसर गरेको छ । मार्च अन्तिममा इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आईटिआरए) स्कोर हेरेर शीर्ष वरीयताका खेलाडीहरुलाई सहभागी गराउने फेडेरेसनको तयारी छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष कुँवरले जेठमा नेपालकै हालसम्मको ठूलो खप्तड रामा रोशन अल्ट्रा ट्रेल रेस तथा चैत १७ गते लाङताङ–शिवपुरी अल्ट्रा ट्रेल रेस गर्ने तयारीमा महासंघ जुटेको जानकारी गराए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा