सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । प्रादेशिक अस्पताल गौरबाट ७ महिनाको अवधिमा ४३ हजार भन्दा बढी बिरामीको उपचार भएको छ । साउन महिनादेखी माघ मसान्तसम्मको अवधिमा १३ हजार ९५८ बिरामीको रगतलगायत विभिन्न परीक्षण, ७ हजार ४९८ जनाको एक्सरे भएको हो ।
त्यस्तै २३ सय ५७ गर्भवती महिलाको समान्य सुत्केरी तथा ४२६ जनाको शल्यक्रियाको माध्यमले सुत्केरी भएको प्रादेशिक अस्पताल गौरले जनाएको छ । अस्पतालको तथ्यांक अनुसार २६ हजार ९६३ ओपिडी र १७ हजार ३३१ ईमरजेन्सी बिरामीको उपचार भएको छ ।
प्रादेशिक अस्पताल गौरबाट ६७ जना बिरामीको हड्डी सम्बन्धी शल्यक्रिया, ६६ जनाको अन्य शल्यक्रिया, २१ जना बिरामीलाई बिभिन्न किसिमका थेरापी गरिएको साथै अन्य ८५ जना विरामीको जटिल रोगको उपचार गरिएको अस्पतालको तथ्यांकमा उल्लेख छ । प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरका अनुसार यस अस्पताल मधेस प्रदेशमै उत्कृष्ट भएको छ ।
अस्पतालको सेवा र चिकित्सक स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामीसंग गर्ने व्यवहार, भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, शल्यक्रियाकक्ष ,शौचालयको अवस्था, सरसफाई, अस्पतालले बिरामीलाई दिने सुविधा तथा विरामीको हेरचाह लगायतको मूल्यांकन, न्यूनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अन्तर्गत पर्ने उनले बताए ।
मधेस प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यन्वन कार्यक्रमलगायत बिभिन्न निकायका अनुगमन तथा निरीक्षण गरेपछि न्यूनतम सेवा मापदण्ड नेपालले आफ्नो साइटमा सार्वजनिक गरेको मुल्यांकनमा प्रादेशिक अस्पताल गौर प्रदेश मा १ नम्बरमा रहेको उनले उल्लेख गरे । न्यूनतम सेवा मापदण्ड नेपालले गरेको मुल्यांकन अनुसार गौरलाई ८९ प्रतिशत मार्क दिइएको छ । प्रादेशिक अस्पताल गौरमा पछिल्लो समय मिर्गौला सम्बन्धी बिरामीको डायलासिस सेवा पनि दिदै आएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा