सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रले नागरिकको विश्वास जित्न नसकेको र जनताले आशा गर्ने शासन प्रणाली बन्न नसकेको टिप्पणी गरेका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रजातन्त्रको सार्थकता शब्द र नारामा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए ।
सन्देशमा शाहले राजा र जनताले मिलेर प्रजातन्त्रलाई सबल बनाउन गरेको योगदान स्मरण गर्दै प्रजातन्त्रको सफलताका लागि सबै वर्ग, समुदाय र व्यक्तिको पहिचान सुरक्षित हुनुपर्ने बताए ।
पूर्वराजा शाहले राष्ट्र निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने भन्दै राष्ट्रिय एकता र पहिचान जोगाउनुपर्ने आवश्यकता औंल्याए। उनले विगतका कमजोरी सच्याउँदै नेपाललाई स्थिरता, समृद्धि र सशक्त बनाउने दिशामा अघि बढ्न सबैलाई आग्रह गरे।
‘हामीले इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं।’
प्रजातन्त्रको कुरा गर्दा वादविवाद र द्वन्द्व, विरोध र प्रतिरोधको अर्थले रोजिन नहुने उनको भनाई छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा