सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पहिलो पटक ‘टपसप काठमाडौं ८८४८ हिमालयन म्यूजिक फिल्म अवार्ड यूएसए’ आयोजना हुने भएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच बैशाख २१ गते अमेरिकाको न्यूयोर्कमा म्यूजिक फिल्म अवार्ड आयोजना गर्न लागेको कलाकार सुरज सिंह ठकुरीले जानकारी दिए ।
उनले नेपाली चलचित्र अवार्डहरु विभिन्न कारणले बारम्बार विवादमा आउने गरेको बताए । नेपाली भूमि बाहिर रहेको नेपाली चलचित्र र नेपाली संगीत क्षेत्रलाई राम्रो चित्रण गर्ने एउटा माध्यमको रुपमा सो अवार्ड प्रस्तुत हुने उनले विश्वास व्यक्त गरे ।
उनले भने,‘खासै नेपाली चलचित्र अवार्डहरु त्यत्तिको पपुलर चाँही भएको छैन् । म्यानेजमेन्टदेखि धेरै कुरामा त्रुटि होला ।
सबैलाई खुसी पार्न सकिँदैन् अवार्डमा । विभिन्न कारणले गर्दा नै नेपाली चलचित्र अवार्डहरु बारम्बार विवादमा आउने गर्छ । राम्रो उद्देश्य कार्यक्रमले लिएको छ । नेपाली भूमि बाहिर रहेको नेपाली चलचित्र र नेपाली संगीत क्षेत्रलाई राम्रो चित्रण गर्ने एउटा इभेन्टको रुपमा अवार्ड प्रस्तुत हुन्छ भन्ने मलाई लागेको छ ।’ साथै उनले कार्यक्रमको सञ्चालकको रुपमा आफू रहने पनि बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा