सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन समाजवादी प्रेस संगठनका दुईजना पत्रकार प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन ।
प्रेस चौतारी नेपाल नेकपा एमाले पार्टीको भातृ संगठन हो । प्रेस चौतारी रौतहटको आठौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पत्रकार महासंघ जिल्ला शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झा र अर्का केन्द्रीय सदस्य कृष्ण तिवारी प्रेस चौतारीमा प्रवेश गरेका हुन ।
प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र वरिष्ठ नेता विश्वमणि सुवेदी, महासचिव हिरामान लामालगायत मधेश प्रदेशका नेकपा एमाले र प्रेस चौतारीका नेताहरूले दुबै जनालाई टिकामाला लगाई औपचारिक रुपमा प्रेस चौतारीमा प्रवेश गराएका छन ।
प्रेस चौतारीमा प्रवेश गरेका झाले यस संगठनमा रहेर आफूलाइ दिइएको जिम्मेवारी पुरा गर्ने बताए । प्रेस चौतारी नेपाल रौतहटका जिल्ला अध्यक्ष आदर्श उपाध्यायका अनुसार उदघाटन सत्र समापन भएको र बन्द सत्रबाट नयाँ नेतृत्व चयन गर्नेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा