सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले भूतपूर्व सेना र प्रहरीलाई देशले उपयोग गर्न नसकेको बताएका छन् ।
एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रामेछापको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई मंगलबार मन्थलीमा सम्बोधन गर्दै ढुङ्गेलले नयाँ पुस्ताका युवा र शैक्षिक संस्थाको प्रशिक्षकका रूपमा पूर्वसैनिक र प्रहरी परिचालन गर्न सकिने बताए ।
युवा, विद्यार्थी र समुदायलाई अनुशासनको पाठ पूर्वसैनिक र प्रहरीले सिकाउन सक्ने उनको धारणा छ । ‘सेवा निवृत्त सेना र प्रहरीको अनुभवबाट समाजले लाभ लिन सक्नु पर्दछ’, ढुङ्गेलले भने ।
म बाट हामी बन्नको लागि कम्युनिष्ट भएको बताउँदै उनले मानिसको सीपले समाज परिवर्तन गर्न सकिन्छ भनेर लागेकाहरू माक्र्सवादी भएका स्पष्ट पारे । यस्तो संगठनको चेन भित्र बस्न तयार भएकाहरू लेनिनवादी भएको उनको भनाइ छ ।
भ्रष्टाचार आज देशको प्रमुख चुनौती भएको बताउँदै ढुङ्गेलले कष्ट व्यहोरेर, देश विदेश घुमेर, अनुशासनको पाठ सिकेर आएका भूतपूर्व सेना र प्रहरीले नेपालमा सुशासन अभिवृद्धिको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उनको विश्वास छ । देशलाई शिरमा राखेर काम गर्ने संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन हुनसक्ने ढुङ्गेलको धारणा छ ।
देशलाई समृद्धिको बाटोमा लैजाने राष्ट्रिय शक्ति नेकपा एमाले भएको बताउँदै ढुङ्गेलले यो अभियानमा भूतपूर्व सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका हुने बताए । कम्तीमा पाँच वर्ष कुनैपनि राजनीतिक दलले एकले सरकार सञ्चालन नगर्दासम्म कसले के काम गर्छ भन्ने कुरा थाहा नहुने उनले बताए । ढुङ्गेलले एमालेलाई पाँच वर्षको लागि एकल बहुमत दिएर हेर्न पनि आग्रह गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा