सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जैविक स्रोतहरुको व्यवसायीक सदुपयोगले कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपालका महत्वपूर्ण जडिबुटी तथा बोट वनस्पती ग्रन्थको सार्वजनिकीकरण तथा छलफल कार्यक्रममा उनले नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधी वनस्पती र अन्य जैविक स्रोतहरुको व्यवसायीक सदुपयोग गर्न सके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउने बताए ।
उनले भने, ‘नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो । हामीले चिन्न नसकेका कुरा आफ्नो ठाँउमा छ । नेपाल जस्तो जैविक विविधताले भरिपूर्ण देशमा औषधी वनस्पती र अन्य जैविक स्रोतहरुको व्यवसायीक र वैज्ञानिक सदुपयोग गर्न सके कृषिको आधुनिकीकरणसँगै आर्थिक समृद्धिमा पनि ठूलो योगदान पु¥याउन सकिन्छ । यहाँ पाइने विभिन्न वनस्पती, जडिबुटि, कृषिबाली तथा जैविक स्रोतहरुले हाम्रो कृषि प्रणाली औषधी उत्पादन, पोषणको सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने गरेको छ ।’
यसको साथै, उनले जैविक स्रोतहरुको संरक्षण अनुसन्धान, उत्पादनमुखि व्यवस्थापन तथा व्यवसायीकरण प्रभावकारी बनाउन राज्यको ध्यान नपुगेको बताएका छन् ।
उनले भने, ‘जैविक स्रोतहरुको संरक्षण अनुसन्धान, उत्पादनमुखि व्यवस्थापन तथा व्यवसायीकरण अझै प्रभावकारी हुन सकेको छैन् । यसको व्यवस्थापन राज्यले जुन तरिकाबाट गर्नुपर्ने थियो त्यसमा राम्रो तरिकाले ध्यान नपुगेको हो की भन्ने मलाई लाग्छ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा