सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको बताएका छन् ।
मंगलबार घटनास्थल पुगेका लम्सालले भारतीय मिडियासँगको कुराकानीमा ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको सूचना पाएको भन्र्दै मृत्युका सम्बन्धमा निष्पक्ष छानबिन गर्न आग्रह गरे ।
उनले भने,‘यहाँको प्रशासनले अनुसन्धान त गरिरहेको छ । पोष्ट मार्टमको रिपोर्ट पनि आउन बाँकी छ ।सूचना पाएको छौं कि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङले गर्दा उसले सुसाइड गरेको हो । बाँकी हामीलाई केही थाहा छैन ।’
उनले त्यहाँको कानूनी प्रक्रिया सकेर छोरीको शव सके आज नसके भोलिसम्म नेपाल लैजाने जानकारी दिए ।
‘लिएर त जानै छ । हेरौं के हुन्छ । तर प्रोसिडियर हुन्छ । एउटा देशबाट अर्को देश लाने कुरा हो । सकेसम्म आज भए आज नभए भोलि लैजाने छौं । हाम्रो माग भनेको न्याय हो अरु केही छ्रैन्, मात्र न्याय हो ।’
यस्तै उनले घटनापछि नेपाली विद्यार्थीलाई कलेजले ज्यादती गरेर सहि नगरेको पनि बताए ।
आफू आएपछि सोमबार युनिभर्सिटीसँग कुरा भएको र राम्रो समन्वय गरिरहेको उनले बताए जानकारी दिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा