सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले भारतमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको लागि न्याय माग्दै विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार माइतीघर मण्डलामा उनीहरुले विभिन्न प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका हुन् ।
सोही क्रममा आन्दोलनमा सहभागी विजय प्रकाश सापकोटाले प्रकृती लम्सालको घटनाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराई छिटो भन्दा छिटो समस्याको समाधान गरोस र न्याय दिओस भन्ने माग राख्दै आजको विरोध सभा गरेको बताए ।
उनले भने, ‘नेपाली विद्यार्थी प्रकृती लम्सालमाथि भारतको आईटी कलेजमा घटेको घटनाप्रति हाम्रो संगठन दुःख व्यक्त गर्दै घोर विरोध गर्दछ । नेपाली चेलीमाथि जुन व्यवहार भयो त्यसको कलेज प्रशासनले संरक्षण गरेको कुरामा आपत्ति छ । नेपाली विद्यार्थीले यसको विरुद्धमा आवाज उठाउँदा पनि नसुनेको अवस्था छ । नेपाल सरकारको यो अवस्थाप्रति ध्यानाकर्षण गराई छिटो भन्दा छिटो समस्याको समाधान गरोस र न्याय दिओस भन्ने माग राख्दै आजको विरोध सभा गरेका छौ ।’
लम्साल मृत्युसम्बन्धी घटनामा उनी अध्ययनरत ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरूलाई निलम्बित गरेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा