सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा माओवादीका नेता शक्तिबहादुर बस्नेतले जनयुद्ध नेपाली क्रान्तिको प्रमुख खम्बा भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनयुद्धको जगमा खडा भएको जनआन्दोलन र शान्ति सम्झौता जनक्रान्तिको आयामहरु भएको भन्दै जनयुद्ध नै यसका जग हो भन्दा समस्या नहुने बताए ।
उनले भने, ‘नेपाली जनक्रान्ति जनयुद्धमा मात्र सिमित छैन । हामीले यो कुरा पनि बुझ्नु पर्छ, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनक्रान्तिको परिणामको रुपमा हासिल गरेका छौ । नेपाली जनक्रान्तिको एउटा क्षेत्र जनयुद्धमा मात्र सिमित छैन् । जनयुद्धको जगमा खडा भएको जनआन्दोलन र शान्ति सम्झौता जनक्रान्तिको आयामहरु हुन् । त्यसमा पनि जनयुद्ध नै यसका जग हुन् । जनयुद्ध नेपाली क्रान्तिको प्रमुख खम्बा हो भन्न सकिन्छ ।’
यसको साथै, उनले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेको भन्ने गुनासोहरु आएको भन्दै यसको प्रमुख कारण नीति माओवादीको राज्य व्यवस्थाको नेतृत्व अरु कसैको भएको बताए ।
नीति र नेतृत्वबीचको अन्तर विरोधले गर्दा जनताको अवस्था अपेक्षित रुपमा परिवर्तन हुन नसकेको पनि उनको भनाई छ ।
उनले भने, ‘अहिलेको राजनीतिक प्रणाली र व्यवस्था जे छ यो माओवादीको इन्जिनियरिङ् हो । जनयुद्धका एजेण्डा हो । र त्यही एजेण्डामा आज देश चलिरहेको छ । व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था उस्तै रहेका गुनासोहरु सुन्नमा आएको छ त्यो हो अपेक्षित रुपमा बदलिन सकेको छैन्, केही पनि नभएको होईन । यसप्रति गम्भीर हुन पनि जरुरी छ ।
यसको एउटा मूल कारण भनेको नीति माओवादीको राज्य व्यवस्थाको नेतृत्व अरु कसैको भएर हो । यो नीति र नेतृत्वबीचको अन्तर विरोध यसको एउटा प्रमुख कारण हो ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा