सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किँरातीले संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाडेको गुनासो गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुव्र्यसनीको अड्डा संसद बन्दै गइरहेको आरोप लगाए ।
केहि दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हाँसेको भन्दै उनले आज मूलुकलाई अहंकार होईन्, धैर्यता, संयमता र उच्च नौतिकताको आवश्यकता रहेको बताए ।
उनले भने,‘ दुखका साथ भन्नुपर्छ हाम्रो संसदमा नागरिकका एजेण्डाहरुले स्थान पाउन छाड्यो । बरु मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुव्र्यसनिको अड्डा संसद बन्दै गइरहेको छ । केहि दिन अगाडि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा भएको कुरुपचित्र देखेर संसार हाँस्यो । आज मूलुकलाई अहंकार होईन्,धैर्यता संयमता र उच्च नौतिकताको आवश्यकता छ । ’
त्यस्तै उनले हिजो सोमबारको प्रतिनिधिसभाको बैठकमा मृतक प्रकृति लम्सालका बारेमा बोल्न प्रतिबन्ध लगाइएको भन्दै उनले आज बोल्न मिल्ने हिजो नमिल्ने? नियमावलीले छेक्यो कि नियतले ? भन्दै प्रश्न गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा