सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ६। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ।
सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा