सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरमा रहेको केआईआईटी (Kalinga Institute of Industrial Technology) ले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्न दिने निर्णय गरेको छ।
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासको पहल र छलफलपछि विश्वविद्यालय प्रशासनले यस निर्णय गरेको हो। नेपाली विद्यार्थीको सुरक्षाका लागि भारतीय विदेश मन्त्रालय र विश्वविद्यालयका अधिकारीहरूसँग नेपाली दूतावासले विशेष छलफल गरेको थियो।
नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि उत्पन्न परिस्थितिका कारण विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई क्याम्पस छाड्न निर्देशन दिएको थियो। यस निर्णयप्रति नेपाली दूतावासले विरोध जनाउँदै विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरेको थियो। अन्ततः दूतावासको हस्तक्षेपपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई पुनः छात्रावासमा बस्न अनुमति दिने निर्णय गरेको हो।
दिल्लीस्थित नेपाली दूतावासले विश्वविद्यालयका अधिकारीहरूलाई नेपाली विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै शैक्षिक वातावरणलाई सुरक्षित बनाउन अपील गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा