सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ फागुन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा एम.डि.आर.टी (Million Dollar Round Table) सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्व रहेको थियो।
एम.डि.आर.टी २०२५ का लागि तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनोट भएका १०० जना उत्कृष्ट अभिकर्ताहरुलाई भव्य समारोहका बीच सम्मान गरिएको थियो। सम्मानित अभिकर्तामध्ये ९४ जना एम.डि.आर.टी, ३ जना सिओटी (COT – Court of the Table) तथा २ जना टिओटी (TOT – Top of the Table) स्तरमा पुगेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउन अभिकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कम्पनीले व्यवसायिकरणलाई उच्च प्राथमिकता दिँदै विभिन्न मासिक र वार्षिक प्रोत्साहन योजनाहरु अघि सारेको जानकारी दिए। उनले जीवन बीमा व्यवसाय दिनप्रतिदिन व्यवसायिक बन्दै गइरहेको सन्दर्भमा नेशनल लाईफले उच्च बोनसदर प्रदान गर्दै आएको र अभिकर्ताहरुको सहजताका लागि निरन्तर नयाँ अभ्यासहरु गरिरहेको बताए।
समारोहमा निरन्तर ५१ दिनसम्म ५१ बीमालेख जारी गर्ने एम.डि.आर.टी अभिकर्ता रुपक पराजुलीलाई विशेष सम्मान प्रदान गरिएको थियो। साथै, सबैभन्दा धेरै एम.डि.आर.टी अभिकर्ता उत्पादन गर्न सफल नेशनल लाईफको कलंकी शाखालाई पनि सम्मान गरियो।
कार्यक्रमका विशेष आकर्षण अन्तर्राष्ट्रिय मोटिभेशनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्न विभिन्न प्रेरणादायी उदाहरण प्रस्तुत गरे।
प्रदेश प्रमुख, शाखा प्रमुख, मार्केटिङ कर्मचारी, तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न यस भव्य समारोहमा मनोरञ्जनात्मक प्रस्तुति, उपलब्धिमूलक उत्प्रेरक तालिम तथा उच्चस्तरीय सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा अभिकर्ताहरुले गर्व महसुस गरेको बताए।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा