सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ फागुन । साताको दोस्रो कारोबारको दिन पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार २९ दशमलव ८७ अङ्कले बढेर २ हजार ७२७ दशमलव ९१ विन्दुमा पुगेको छ ।
कारोबार रकम पनि बढेको यसदिन ३०२ वटा कम्पनीका १ करोड ८० लाख कित्ता शेयर १० अर्ब ४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाखको शेयर किनबेच भयो ।
आज फाइनान्स, जलविद्युत् र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, होटल, माइक्रोफाइनान्स र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यसदिन विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखारी साना हाइड्रोपावर, एक्सेल विकास बैंक, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स र दिव्यश्वरी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सप्तकोशी विकास बैंकको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा