सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आकांक्षा धामी/ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरु धेरैजसो दौडधुपमै व्यस्त छन् । बितेको एक हप्तामा प्रधानमन्त्री ओलीको समय उद्घाटन, निर्देशन र भाषणमा वितिरहेको छ ।
गत हप्ता स्वास्थ्य अवस्था कजोर भएका कारण केही कार्यक्रम भर्चुअल नै सहभागी भएका ओली यो हप्ता भने भौतिक रुपमै कार्यक्रम, गोष्ठी र मिटिङहरुमा सहभागी भएका थिए ।
उनले यो हप्ता माघको २१ गते काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रियामा सहभागी भए । जहाँ उनले आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।
यसैगरी उनले नेपाल कोही भन्दा कम नभएको भन्दै युवाहरुलाई दक्ष र विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनेतर्फ सरकारको ध्यान रहेको भन्दै भाषण गरेर अर्को कार्यक्रमका लागि दौडिए ।
यसैगरी माघ २२ गते ओली विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ कार्यक्रममा पुगे ।
जहाँ जस्तो कार्यक्रम त्यहाँ त्यस्तै भाषण दिन ओली कहिले पछि पर्दैनन् । आशा र आश्वासन दिनमा ओली सधैं झैं अग्रपङ्क्तिमै आउने प्रधानमन्त्री हुन भन्दा फरक पर्दैन । तर ओलीले उक्त कार्यक्रममा निरोगी नेपाल अभियान सफल बनाउन साझा प्रयास आवश्यक हुनुपर्ने बताए । ओलीले मानव जातिको सुख र समृद्धि नै सरकारको लक्ष्य भएको बताए ।
उनले नेपालीलाई रोग र अभावबाट मुक्त बनाउन सकभर कोही बिरामी नहोउन् र बिरामी भइहालेमा सहज र गुणस्तरीयरुपमा उपचारको प्रबन्ध होस् भनेर सरकारले आफ्ना तर्फबाट प्रयास गरिरहेको स्पष्ट पारे ।
यसैगरी माघ २३ गते ओलीले काठमाडौं–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे ब्रिफिङ लिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा.युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागितमा आयोजनाबारे छलफल गरेका थिए ।
यसैगरी आलीले माघ २५ गते सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरे । जहाँ उनले समस्यालाई पहिचान गरेर समाधानका लागि एक्सनमा जानुपर्ने बताए ।
करिब साढे दुई घन्टा भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरुसँग एक्ला एक्लै पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुट्दा थप छलफल गर्दै जाने विश्वास व्यक्त गरे ।
यसैगरी माघ २६ गते ओलीले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव परिसरमाा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको उद्घाटन गरे । जहाँ उनले कुनैपनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई आग्रह गरे ।
‘तपाईँहरु जनताको अपेक्षा अनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ । त्यसैले तपाईँहरुले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शीरमा राखेर काम गर्नुस् ’, प्रधानमन्त्री ओलीले भने, कुनै तस्कर, भ्रष्ट र ठगहरुमाथि अनुसन्धान गर्दा उल्टै उनीहरुका ठुला कुरा र हप्की सुन्नुपर्ने अहिलेको प्रवृत्ति पनि प्रभावित हुनुहुन्न । निर्धक्क भएर काम गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रुपमा काम गर्नुस् ।’
यसैगरी माघ २७ गते ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए । जहाँ उनले सरकारले प्रजातन्त्र दिवस मनाउन आफ्नो अध्यक्षतामा समिति गठन गरे ।
यसैगरी माघ २९ गते ओली उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा सहभागी भए । जहाँ उनले रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरे । ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशिघ्र ल्याउन आग्रह समेत गरे ।
यसैगरी माघ ३० गते ओलीले नेपाल निजामति कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशनको उद्घाटन गरे । यहाँ पनि ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितो रुपमा सेवा दिन निजामति कर्मचारीहरुलाई आग्रह गर्न भुलेनन्
ओलीले सेवाग्रही जनताको मर्का बुझेर कुनै दुःख नदिइ मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गरे ।
‘तपाईँहरुले सरकारी कर्मचारीका रुपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्छ । चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हक हितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सिद्धान्तबमोजिम मर्यादामा रहेर सङ्गठन गर्न पाउने हक तपाईँहरुलाई छ । अहिले सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईँहरुलाई आन्दोलनमा उत्रनुपर्ने अवस्था छैन ।उनले भने,‘समयमा सेवा दिने कुरामा तपाईँहरु चुक्नु हुँदैन । अहिले भएको भन्दा अझ परिस्कृत सेवा दिनुपर्छ । यस सङ्गठनका कुनै पनि मान्छे भ्रष्टाचार र अनियमिततामा मुछिनु हुन्न । यस्तो होस् कि तपाईँबाट सरक्क सेवा पाएको मान्छेले खुसी भएर तपाईँलाई निजामति सङ्गठनको मान्छे रहेछ भन्ने स्वतः चिनोस् र धन्यवाद देओस् ।’
सोही दिन नै ओली चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकमा सहभागी भए । जहाँ उनले मेडिकल कलेजमा विदेशी विद्यार्थीको संख्या बढाउन छलफल गरे ।
यसैगरी फागुन १ गते ओलीले मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिए । जहाँ उनले कालोबजारी रोक्न ओलीले निर्देशन दिए । ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिए ।
फागुन २ गते ओलीले नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपसँग छलफल गरे । जहाँ उनले ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा छलफल गरे ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा कार्यकारी प्रमुख सिनले नेपालमा ऊर्जा, पर्यटन, रेल्ले, सुरुङमार्ग, स्मार्ट सिटी, एक्प्रेस–वे आदि क्षेत्रमा परियोजना पहिचान, प्रस्तावना तयारी र लगानीको इच्छा प्रकट गरेका थिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा